+
+

भारतले क्षमायाचना गर्नुपर्छ : साझा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते ११:१६

२७ वैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग बनाएको भारतले माफी माग्नुपर्ने साझा पार्टीले ठहर गरेको छ ।

‘भारतले सबै अतिक्रमित भूमि छोडेर जानुपर्छ, कालापानी, लिपुलके र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ,’ पार्टी सहप्रवक्ता शरदराज पाठकद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्छ ।’

भारतले बारम्बार नेपाली भूभाग अतिक्रमण गर्नुको पछाडि नेपाल सरकारको कमजोरी पनि कारक रहेको साझा पार्टीको निष्कर्ष छ । विज्ञप्तिमा भनिएको छ, ‘सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ ।’

भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कूटनीतिक संवाद हुन नसक्नु दुःखद रहेको उसको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?