+
+
Shares

पूर्वसचिव द्वारिका ढुंगेललगायत ५० जना माइतीघरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १५:१०

२९ वैशाख, काठमाडौं । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेको विरोधस्वरूप प्रदर्शनमा उत्रिएका पूर्वप्रशासकलगायत ५० जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईलगायत छन् ।

उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।

भारतले नेपालको लिपुलेक मिचेर सडक निर्माण गरेको विषय प्रकाशमा आएपछि विरोधका स्वर बढेका छन् । यही क्रममा सोमबार नै विद्यार्थीले भारत र नेपालका प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?