+
+

रुसको कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १३:३३

३० वैशाख, काठमाडौं । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ५० मानिसको उद्धार भएको छ ।

रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ ।

अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन ।

आगलागीको ठोस कारण पत्ता लागेको छैन । ‘ओभरलोड’लाई पनि आगलागीको कारण ठानिएको छ । रुसको समाचार एजेन्सीले भने भेन्टिलेटरमा भएको सर्टसर्किटको कारण आगलागी भएको जनाएको छ ।

यसअघि गत शनिबार पनि मस्कोस्थित एक अस्पतालमा आगो लागेको थियो । घटनामा एक बिरामीको मृत्यु भएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?