+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाली भूमि अतिक्रमणप्रति एनआरएनएको भर्त्सना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते २०:३५

बार्सिलोना । नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग उद्घाटन गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भत्सर्ना गरेको छ । अन्तर्राष्ट्रिय कानून विपरीत तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै संघले भत्सर्ना गरेको हो।

संघका अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा विरोध जनाएको हो ।

‘यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधिको संघ कडा भत्सर्ना गर्दछ । भारत सरकारको पटक – पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघको ठहर गरेको’ बिज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति मार्फत ‘सयौँ वर्ष पुरानो सीमा विवाद कुटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनुको सट्टा ऐतिहासिक सुगौली सन्धी लगायतका दस्तावेजमा स्पष्ट रुपमा उल्लेख गरिएका नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति विश्वभर छरिएर रहेका लाखौँ नेपालीहरुले रोष प्रकट गरेको’ जनाएको छ ।

भौगोलिक, धार्मिक, सांस्कृतिक, र भाषिक रुपमा परापूर्व कालदेखि निकट दुई छिमेकी राष्ट्रबीच सदैव प्रगाढ र सौहार्दपूर्ण सम्बन्ध रहोस् भन्ने नेपालीको चाहना  भए पनि त्यसैको आडमा नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कार्यको निन्दा गर्ने विज्ञप्तिमा जनाएको छ । ‘भारतीय भूमिको रक्षार्थ हाम्रा वीर नेपाली गोर्खाली सपूतले योगदान गरेको इतिहास साक्षी छ, यसर्थ हर एक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीहरुले ऐक्यवद्धता जनाउने स्पष्ट पार्न चाहान्छौँ ‘ भनिएको छ ।

नेपालको भूमि (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अविलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?