+
+

कोरोना भाइरसबाट फ्रान्समा झण्डै २७ हजारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते ६:२७

३१ वैशाख, काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ । यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो ।

फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार हजार ३ सय ४९ रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

फ्रान्समा बितेको २४ घण्टामा ३४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

धेरै मृत्यु भएका देशहरुको सूचीमा फ्रान्सले स्पेनलाई पनि पछाडि पारेको छ । फ्रान्सभन्दा धेरै मृत्यु अमेरिका, बेलायतमा र इटालीमा भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा सबैभन्दा धेरै ८२ हजार २ सय ४६, बेलायतमा ३२ हजार ७ सय ६९ र इटालीमा ३० हजार ९ सय ११ र स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?