+
+

यी हुन् विश्वका सबैभन्दा होचा व्यक्ति, नेपालीले खोसेको ताज पुनः प्राप्त गरे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते ११:२६

इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमान पुनः प्राप्त गरेका छन् । यसअघि सन् २०१० मै विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका कोलम्बियाका यी पुरुषको कीर्तिमान नेपालका दुईजना व्यक्तिले भंग गरिदिएका थिए ।

गत आइतबार ३४ वर्ष पुगेका हर्नाण्डेजको उचाइ २ फुट ४.३९ इन्च रहेको छ । सन् २०१० मा गिनिज बुकमा नाम लेखाएका हर्नाण्डेजको ताज लगत्तै पछि नेपालका खगेन्द्र थापा मगरले खोसेका थिए । खगेन्द्रको उचाइ २ फिट २.४१ इन्च थियो । त्यसपछि खगेन्द्रको ताज नेपालकै चन्द्रबहादुर डाँगीले खोसिदिए । डाँगीको उचाइ जम्मा १ फुट ९.५ इन्च थियो ।

तर, खगेन्द्र र चन्द्रबहादुर दुवैको मृत्यु भएपछि विश्वको सबैभन्दा होचो मानिसको कीर्तिमान पुनः हर्नाण्डेजकै पोल्टामा फर्किएको हो । राजधानी बोगोटास्थित मेडिकल क्लिनिकमा हर्नाण्डेजले विश्वको सबैभन्दा होचो मानिसको प्रमाणपत्र गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का प्रतिनिधिमार्फत् प्राप्त गरेका छन् ।

निकै हँसमुख हर्नाण्डेजले आफूले संसार जित्नका लागि आफ्नो मुस्कानको उपयोग गरिरहेको बताएका छन् । आफूले मनले चिताएको सबै कुरा पाएको भन्दै उनले आफूले हरेक व्यक्तिसँग आफ्नो मुस्कान बाँड्ने गरेको बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?