+
+

उपत्यकाभित्र ४ वटा उपशहर बनाउन थालिने, वृहत शहिद पार्क पनि बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १८:४८

२ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ४ वटा आधुनिक उपशहर बनाउने भएको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षमै यो काम सुरु गर्ने उनले बताइन् ।

उनले अब व्यवस्थित शहरीकरणको पूर्वाधार विकास गर्ने पनि बताइन् । त्यसका लागि आवश्यक सहरी सडक विकास गर्ने पनि नीति तथा कार्यक्रममार्फत घोषणा गरेकी छिन् ।

यसैगरी सरकारले विभिन्न लोकत्रान्तिक आन्दोलनमा शहिद भएकाहरुको व्यवस्थित अभिलेख सहित वृहत शहिद पार्क बनाउने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?