
७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् ।
उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4