८ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५० लाख ५६१ पुगेको छ ।
संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा १५ लाख ५१ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, रुसमा तीन लाख आठ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ ।
त्यस्तै ब्राजिलमा संक्रमितको संख्या दुई लाख ९१ हजार नाघेका छन् । बेलायतमा अहिलेसम्म करिब साढे दुई लाख मानिस संक्रमित भएका छन् ।
त्यस्तै कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि तीन लाख २८ हजार १९१ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ९३ हजारभन्दा धेरै पुगेको छ ।
बेलायतमा ३५ हजारभन्दा धेरै मानिसको मृत्यु हुँदा इटालीमा पनि ३२ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
विश्वभर कोरोना भाइरसबाट निको हुने संक्रमितको संख्या पनि करिब १९ लाख पुगेको छ ।