
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघले ‘ख’ वर्गका अपांगता भएका व्यक्ति र एकल महिलाको भत्ता कटौती नगर्न सरकारसँग माग गरेको छ ।
अध्यक्ष उमा रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै भत्ता कटौतीको निर्णयलाई अमानवीय र गैरजिम्मेवार भनेकी छन् । उनले निर्णय नसच्याए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएकी छन् ।
नीलो परिचय पत्र पाएका अपांगता भएका व्यक्तिलाई भत्ता नदिने र एकल महिला ६० वर्ष पुगेपछि मात्रै भत्ता दिने व्यवस्था सच्याउन महिला संघले माग गरेको छ ।
विज्ञप्तिमा एकतातिर खाइपाइ आइरहेको भत्ता कटौती गर्ने र अर्कोतिर सरकारले आफ्ना कार्यकर्ताहरुलाई विभिन्न आयोग र समितिहरुमा भर्ती गर्ने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4