
१३ जेठ, काठमाडौं । आजभोलि राजधानीको चोकचोकमा चस्मा र एन ९५ मास्कसहित उभिन्छन्, ट्राफिक प्रहरी । नाका र हरेक मुख्य चोकमा कम्तिमा तीन जना अधिकारी पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) सहित देखिन्छन् ।
कोरानाका महामारीका वेला जोखिममा रहेका प्रहरीका थ्रुपै अधिकारीसँग अझै राम्रो मास्क छैन । तर, ट्राफिक प्रहरीले दाताको सहयोगमा सुरक्षा कवच पाएको हो । ट्राफिक प्रहरीका एसपी जीवन श्रेष्ठ भन्छन्, ‘एउटा इस्यूरेन्स कम्पनीले एक हजार ५ सय २२ जना ट्राफिक प्रहरीका लागि चस्मा र एन९५ मास्क उपलब्ध गराएको हो ।’
पीपीई भने ८६ जना ट्राफिकले पाएका छन् । यसले बढी जोखिम हुने क्षेत्रमा खटिने ट्राफिकलाई कोरोना महामारीबाट जोगिन सहयोग पुग्ने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।
उनका अनुसार हालसम्म ट्राफिक प्रहरीका ६ जना अधिकारीमा र्यापिड परीक्षण पोजेटिभ देखिएको छ । तर, हालसम्म कसैको पनि पीसीआर परीक्षण पाजेटिभ आइसकेको छैन ।
प्रतिक्रिया 4