
२० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन् ।
कांग्रेसका तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेका हुन् ।
संघीय संसदको सचिवालयमा रहेका सिंहले भने, ‘पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन दर्ता गर्न लागेका हौं । उहाँहरुले फर्म्याट मिलाउँदै हुनुहुन्छ ।’
कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन विधेयककको पक्षमा मत दिने निर्णय गरेको छ ।
साथै पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार भएको बेला ०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुनः दर्ता गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4