+
+

शुक्रबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ २३ गते १६:३०

२३ जेठ, विराटनगर । शुक्रबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङका संक्रमित सबै रतुवामाई नगरपालिकाका हुन् । सुनसरीमा भोक्राह नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बराहक्षेत्रमा संक्रमित व्यक्ति ७ वर्षका बालक हुन् ।

भोजपुरका सबै ५ जना संक्रमित षडानन्द गाउँपालिकाका हुन् । विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

शुक्रबार ३९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४० पुगेको छ । ती मध्ये ७८ जना उपचारपछि निको भएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?