+
+

कपिलवस्तु कारागारमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २४ गते २२:१०

२४ जेठ, बुटवल । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यशोधरा गाउंपालिका वडा नंं. ७ ईटवा गाउंका ५४ वर्षीय रामअधिन कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान खाना खाएर आराम गर्न सुतेका कोहारको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।

कैदी कोहारलाई कपिलवस्तु अस्पताल पुर्‍याइएको भएपनि मृत्यु भइसकेको अवस्थामा अस्पताल ल्याइएको जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अस्पतालले जनाएको छ ।

मृतक कोहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ ।

मृतक कोहार २०७६ साल साउन २ गते देखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा रहेको जेलर राकेश पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?