
२४ जेठ, गुल्मी । कोरोना संक्रमण भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएको छन् ।
जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सम्पर्कमा रहेर घरमै सेल्फ आइसोलेसनमा बसेका अध्यक्ष पोखरेल १४ दिनपछि निको भएका हुन् ।
उनको स्वाबको दुईवटा रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक गत १८ गते उनको स्वाब संकलगन गरी पुनः पीसीआरका लागि पठाइएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जेठ ८ गते स्वाब संकलन गरी पठाएकोमा चार दिनपछि आएको रिपोर्टमा अध्यक्ष पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले विज्ञप्ति नै जारी गरी जानकारी गराएका थिए ।
पछिल्लो रिपोर्ट पनि नेगेटिभ आएपछि अध्यक्ष पोखरेलले उच्च आत्मबल राखेमा कोरोनालाई सहजै जित्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4