Comments Add Comment

कब्जियतमा घरेलु उपचार विधि

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ ।

अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक श्रमको अभाव, आन्द्रामा घाउ वा क्यान्सर, थाइराइड हर्मोनको गडबडी आदिले कब्जियतको समस्या आउन सक्छ । त्यस्तै क्याल्सियम, पोटाशियमको अभावले पाचन यन्त्र प्रभावित हुन सक्छ ।

कब्जियत एक यस्तो स्थिती हो, जो पेट ठीक ढंगले सफा हुन पाउँदैन । साथै मल त्याग गरेको समयमा कष्ट हुन्छ । कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम पटक शौच गर्छन् । सामन्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई÷तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुष हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

लक्षण 

ठीक ढंगले पेट सफा नहुनु, मल त्याग नहुनु ।  मल त्याग गर्नमा समस्या हुनु । दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु । पेटमा दुखाई अनुभव हुनु । वान्ता हुनु ।

किन हुन्छ कब्जियत ?

-खाने तालिका नियमित नहुनु ।

–बासी खानेकुरा सेवन ।

–शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।

–मानसिक तनाव

–अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।

–पेटको कमजोरी

– पानी कम पिउनु ।

– खाना खाएको समय धेरै पानी पिउनु ।

– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।

के छ त उपचार ?

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा–पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।

घरेलु उपचार विधी

– त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

–  मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

– पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

–  स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment