Comments Add Comment

सरकार भन्छ- जोर बिजोर चलाऊ, प्रहरी भन्छ- स्टप !

२९ जेठ, काठमाडौं । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । तर, सरकारको निर्णय बिहीबार बिहानसम्म राजधानीकै प्रहरीसम्म पुगिसकेको छैन ।

विहीबार बिहान प्रहरीले नयाँबानेश्वर संसद भवन अगाडि केही मोटरसाइकल र स्कुटीहरु नियन्त्रणमा लिएपछि सर्वसाधारण र प्रहरीवीच भनाभन भइरहेको थियो । प्रहरीहरुले माथिको आदेश भन्दै उनीहरुलाई गन्तव्यमा जान नदिई रोकेर राखेका थिए ।

मोटरसाइकल चालकहरु सरकारले पसल व्यवसाय चलाउन दिने र जोर कि बिजोर प्रणालीका आधारमा गाडी चल्न दिने भनेको बताउँदै थिए । तर, प्रहरी भने सरकारको निर्णय आफूहरुसम्म आइनपुगेको जवाफ दिइरहेका थिए ।

बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषदले जनसरोकारको महत्वपूर्ण विषयमा निर्णय गरेको भएता पनि मन्त्रीहरु बैठकपछि घर–घरमा सुत्न गए । उनीहरुले सरकारको निर्णयको औपचारिक जानकारी मिडियालाई दिएनन् । राति एक मन्त्रीको जवाफ थियो, ‘अब भोलि दिउँसो मात्रै प्रवक्ताले पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी गराउनुहुनेछ ।’

यो पनि पढ्नुहोस भरतपुर महानगरका वडा धमाधम ‘सिल’, बैंकसमेत बन्द गराइयो

८० दिनसम्मको लकडाउनबाट उकुसमुकस भएको जनजीवन कतिखेर लकडाउन खुकुलो होला र काम गर्न पाइएला भन्ने चिन्तामा छ । तर, सरकारी अधिकारीहरुको काम गराइचाहिँ पुरानै पाराको छ ।

आज विहीबार जोर नम्बरका सवारी साधन चलाउन पाइन्छ कि बिजोर नम्बरका ? यो प्रश्न गर्दा एक ट्राफिक अधिकारी भन्छन्, ‘अब सरकारले जोर–बिजोर लागू गर्ने निर्णय गरेको भए, त्यो जनाकारी प्रहरीमा आउला, त्यसपछि बैठक बस्छ र कुन मोडालिटीमा जाने भन्ने टुंगो लाग्छ । त्यतिबेलासम्म हामीले जे गरिरहेका थियौं, त्यो जारी रहन्छ ।’

यसैवीच बिहीबार बिहानैदेखि काठमाडौंका सडक पेटीका पसलहरु खुल्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment