+
+

थप २५० जनामा कोरोना संक्रमण पुष्टि, १८७ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते २०:२०

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

थप १८७ जना डिस्चार्ज

यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?