
नेपाली चलचित्र क्षेत्रमा अभिनयमा विविधता झल्काएर काम गर्ने नायिकाको रुपमा नम्रता श्रेष्ठलाई चिनिन्छ । चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी नायिका पछिल्लो रिलिज चलचित्र ‘जाइरा’सम्म आइपुग्दा दर्शकको मानसपटलमा छुट्टै छाप बनाउन सफल छिन् ।
उनले अभिनय गरेका ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायतका चलचित्र दर्शकको लागि विशेष छन् ।
उनै, नायिका श्रेष्ठ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । आफ्ना परिवारसँगै जन्मदिन मनाइरहेकी यी नायिकालाई चलचित्र क्षेत्रका चलचित्रकर्मी र दर्शकले भने सामाजिक संजालबाट शुभकामना दिइरहेका छन् ।
नम्रता अभिनित चलचित्रको व्यापारमा उतारचढाव आएपनि उनको लोकप्रियतामा भने गिरावट आएको छैन ।
सामाजिक संजालमा उनलाई पछ्याउनेहरुको संख्या पनि लोभलाग्दो छ । नम्रताको व्यक्तिगत जीवन पनि सधै चर्चामा रहेको पाइन्छ ।
विशेषगरि, प्रेम सम्बन्धलाई खुलेर व्यक्त गर्ने भएका कारण पनि उनको चर्चा बढी हुन्छ । नेपाली चलचित्र क्षेत्रकी सुन्दर एवं शशक्त अभिनय गर्न सक्ने नायिका श्रेष्ठलाई जन्मदिनको शुभकामना ।
प्रतिक्रिया 4