+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रतिपक्षलाई बजेटमा विभेद नगर्ने प्रदेश २ मात्रै हो : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १९:५६

३२ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा बजेट विनियोजन गर्दा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद नगरिएको बताएका छन् ।

उनले बजेटमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद नगर्ने पहिलो प्रदेश प्रदेश २ नै भएको पनि दावी गरे ।

प्रदेशको आगामी बर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले अन्य प्रदेशमा प्रतिपक्षी सांसदलाई योजना दिए पनि सत्ता पक्षभन्दा कम दिएको बताए ।

‘तपाईंहरुको यो कुरा बुझ्नुस्, रेकर्ड लिनुस्, कुनै प्रदेशमा यहाँको जस्तो एकै किसिमको बजेट दिएको पाउनुहुन्न’ उनले भने, ‘हामी एकै परिवारजस्तै हौं, अन्य प्रदेशले नदिए पनि हामी शुरुदेखि नै उपलब्ध गराउँदै आएका छौं ।’

मुख्यमन्त्री राउतले विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिनु अबको चुनौती हुने बताए । यद्यपी मुख्यमन्त्री रोजगार कार्यक्रमसहित विभिन्न कार्यक्रममा जोडेर उनीहरुलाई रोजगारी दिइने उनले बताए ।

नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश २ को आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मात्र नीति तथा कार्यक्रमको पक्षमा मतदान गरे ।

नेकपाका सांसदहरु सुन्दरबहादुर विश्वकर्मा, गोविन्दबहादुर न्यौपाने, दिलिप साह, सीता गुरुङ, रुबी कर्ण एवं नेपाली कांग्रेसका नरेशकुमार यादव र शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो ।

सत्तापक्षका सांसद बाबुलाल साहले दर्ता गराएको संशोधन भने फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?