Comments Add Comment

चितवनको खैरहनीमा एक जनामा कोरोना संक्रमण

४ असार, चितवन । चितवनको खैरहनी नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी भरतपुरस्थित कोरोना प्रयोगशाला स्रोतले बिहीबार बिहान दिएको हो ।

हालसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । अन्य भने अस्पतालमा उपचाररत छन् ।

माडी नगरपालिकाले ७ जना संक्रमितलाई आफ्नै क्वारेन्टिनमा राखेर उपचार गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment