+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
57/4 (9.6)
Shares

भारत जाने २० हजार, नेपाल आउने ११ हजार

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ६ गते ६:१४
फाइल तस्वीर

६ असार, विराटनगर । प्रदेश १ मा भारतबाट आउनेभन्दा नेपालबाट भारत जानेहरुको संख्या बढी रहेको पाइएको छ । प्रदेश १ मा नेपाल फर्कनेभन्दा भारत जानेको संख्यामा करिब दोब्बरको अन्तर छ ।

प्रदेश प्रहरी कार्यायल विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलका अनुसार २ असारसम्म प्रदेश १ का चारवटा जिल्लाका नाकाहरुबाट ११ हजार २ सय नेपाली भित्रिएका छन् । भारत फर्कनेहरुको संख्या २० हजार ७७ छ ।

झापाको काँकडभिट्टा नाकाबाट १६ हजार ३ सय ९३ जना भारत प्रवेश गरेका छन् । विराटनगर हुँदै बिहीबारसम्म ३ हजार ६ सय ७४ जना भारत प्रवेश गरेका छन् । इलामबाट २ जना भारत गएका छन् ।

भारतबाट नेपाल प्रवेशका लागि चार जिल्लामा नाका तोकिएको छ । मोरङको रानी नाका हुँदै ३ हजार ३७ जना नेपाल प्रवेश गरेका छन् । झापाबाट ६ हजार ७ सय ५६, इलामबाट ३३४ जना नेपाल प्रवेश गरेका छन् ।

सुनसरीबाट १ हजार ७३ गरी जम्मा ११ हजार २ सय जना नेपाल प्रवेश गरेका छन् । भारतबाट आएकाहरुलाई होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?