+
+

लक्ष्मी बैङ्कले दोहा बैङ्कबाट ल्यायो २ अर्ब ४३ करोड रूपैयाँ बराबरको ऋण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १६:५७

७ असार, काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर (२ अर्ब ४३ करोड रूपैयाँ)  बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ ।

गत बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि  हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?