
लकडाउनको समयमा युट्युबमा रिलिज भएका नेपाली चलचित्रले राम्रो दर्शक बटुले । हलमा रिलिज भएको केही महिनामै युट्युबमा चलचित्र रिलिज पनि भएका थिए । लकडाउनको समयमा मानिसहरू घरमै रहेकाले पनि युट्युबमा चलचित्र हेर्नेहरूको संख्या ह्वात्तै देखियो ।
लकडाउन भए लगत्तै युट्युबमा रिलिज गरिएको नेपाली चलचित्र ‘पोइ पर्यो काले’ले एक करोड भ्युज बटुलेको छ। यो चलचित्रलाई लकडाउनको समयमा एक करोड पटक हेरिएको छ । नेपाली चलचित्रले छोटो समयमा नै दर्शकको उल्लेख्य साथ डिजिटल प्लेटफर्ममा पाएको हो ।
किरण नेपालीको निर्माणमा तयार चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको मुख्य भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4