+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अलमलमा फिल्म क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १४:११

लकडाउन ३ महिनाभन्दा लामो समय गरेपछि सरकारले बिस्तारै विभिन्न क्षेत्र खोलिरहेको छ। तर चलचित्र क्षेत्रले आफ्नो गति कहिलेबाट समात्छ भन्ने यकिन छैन । अरू क्षेत्र चलायमान हुँदैगर्दा चलचित्र क्षेत्रले आफ्नो बाटो सुरु गर्न पनि पाएको छैन।

चलचित्र निर्माण गरेर रिलिजका लागि तयार भएका निर्माता ठूलो चपेटामा परेका छन् । चलचित्र निर्माण गर्ने सोच बनाएर तयारी अवस्थामा बसेका निर्माता अलमलमा छन् । चलचित्र छायांकन गर्दा गर्दै रोकिएका निर्माता काम सुरु कहिले होला भन्ने बाटो कुर्दै छन् ।

३ महिनादेखि लामो समयदेखि लकडाउन हुँदा ठूलो मारमा परेका हल सञ्चालकहरू सरकारसँग विभिन्न माग राख्दै आन्दोलनको तयारीमा छन् । चलचित्र निर्माता संघले पनि निर्माताहरूको विषयलाई जोडदार रुपमा उठाएकै छ। तर सुनुवाइ कतैबाट भएको छैन । यस्तो अवस्थामा चलचित्र क्षेत्र यत्तिकै रुमल्लिएको छ।

पुरानै अवस्थामा नफर्किएसम्म चलचित्र रिलिज नगर्ने अडानमा निर्माता छन् । हल खोले पनि के चलाउने भन्ने तनावमा हल सञ्चालक छन् । यो वर्ष चलचित्रको छायांकन सुरु गर्ने तयारीमा रहेका धेरै निर्माता पछि सरेका छन् । यो दशैंसम्म चलचित्र रिलिज गर्न सकिन्छ भन्ने आशमा रहेका निर्माता सुनिल कुमार थापा अब ‘ए मेरो हजुर ४’ यो वर्ष नै रिलिज नगर्ने सोचमा पुगिसकेका छन्।

निर्देशक विकासराज आचार्यले लकडाउन चाँडै नै खोलेर वातावरण सहज भएको खण्डमा ‘नाई नभन्नु ल ६’को छायांकन सुरु गर्ने योजना बनाएका थिए । तर अब अवस्था अझै खुकुलो नभएपछि उनी यो वर्ष चलचित्रको छायांकन सुरु गर्ने सुरमा छैनन् ।

दीपकराज गिरी, रविन्द्र सिंह बानियाँजस्ता निर्माताले यो वर्ष चलचित्र नै नबनाउने बताइसकेका छन् । यस्तो अवस्थामा चारैतिरबाट अलमलमा रहेको चलचित्र क्षेत्रले आफ्नो बाटो कहिले समात्ला, भन्न सकिने अवस्था छैन । तर चलचित्र क्षेत्र यसरी नै अलमलमा रह्यो भने यो क्षेत्रका धेरैले अन्य विकल्प खोज्नुपर्ने अवस्थाको सिर्जना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?