+
+

घरमै झुण्डिएका गायक परियारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १५:४९

१२ असार, बुटवल । आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।

गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?