Comments Add Comment

एटलान्टाले नापोलीलाई हरायो, शीर्ष चारको होड बलियो

१९ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा नापोलीलाई पराजित गर्दै एटलान्टाले शीर्ष चारको होडलाई बलियो बनाउँदै अर्को सिजन च्याम्पियन लिग खेल्ने सम्भावना बढाएको छ ।

दोस्रो हाफको सुरुवाती दश मिनेटभित्र दुई गोल गर्दै चौथो स्थानको एटलान्टाले छैटौं स्थानको नापोलीलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको ४७ औं मिनेटमा मारियो पलासिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा रोविन गोसेन्सले एटलान्टाका लागि दोस्रो गोल गरे ।

जितपछि एटलान्टाले पाँचौ स्थानको रोमासँग १२ अंकको अग्रता बनाएको छ । अर्को खेलमा रोमा उडिनेसीसँग २-० ले पराजित भएपछि एटलान्टालाई पनि फाइदा पुगेको छ ।
२९ खेलबाट ६० अंकसहित एटलान्टा चौथो स्थानमा छ । समान खेलबाट रोमाको ४८ अंक छ । हारपछि ४५ अंक रहेको नापोली छैटौं स्थानमै यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment