Comments Add Comment

मुगुका स्थानीय तहमा स्वास्थ्य सामाग्री पठाइयो

२१ असार, काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीहरु काठमाडौंबाट मुगुका स्थानीय तहमा पठाइएको छ । कर्णाली प्रदेशका जिल्लाहरुमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको मनघरी फाउण्डेसनले मुगुका स्थानीय तहमा स्वास्थ्य सामग्री पठाएको हो ।

मनघरी फाउण्डेसनको पहल र प्रारम्भ सामाजिक संस्था, आनी छोइड डोल्मा फाउण्डेशन, राष्टिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्रीहरु शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा सामाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरे ।

मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान प्राथमिक उपचार सामग्री पठाइएको हो । उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ ।

सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे यो महाविपतबाट मुक्ति पाइने बताए ।

यस्तै आनी छोइङ डोल्माले आफूहरुले सकेको सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रबिद्धता जनाइन् ।

कार्यक्रममा प्रारम्भ सामाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिम्ििल्सनाले ठूलो सहयोग गर्न नसके पनि सहयोगी हातहरुले साथ दिएसम्म सहयोग उपलब्ध गराएको बताए ।

यस्तै, मनघरी फाउण्डेसन र दैलेखि सेवा समाजका सल्लाहकार डा. रविन खड्काले विपदका बेला नेपालमा सम्हाल्न मनकारीहरु नै अगाडि आउने गरेको भन्दै सहयोगी हातहरु अरु पनि बढ्नुपर्ने बताए ।

मनघरी फाउण्डेसनले यसअघि दैलेख, हुम्ला, डोल्पा, डोटीका स्थानीय तहहरुमा बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर स्वास्थ्य सामग्रीहरु पठाइसकको अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।

कार्यक्रममा पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मानसमेत गरिएको छ । शाहलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले दोसल्ला ओढाएर सम्मान गरे । शाहले कोरोना महामारी सुरु भएपछि कर्णाली प्रदेशलाई एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कार्यक्रममा भीआरएफएनका अध्यक्ष विनोद अधिकारी, प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्री, मुगुका पर्यटन व्यवसायी राजु कार्कीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment