+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लम्जुङमा पहिरोमा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते ७:३३
फाइल तस्वीर

२६ असार, काठमाडौं । लम्जुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बेंसीसहर नगरपालिका–७ सातबीसेमा पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २५ वर्षीया बिमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लम्जुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

बिहीबार राति करिब ११ बजेको समयमा घरमाथिबाट आएको पहिरो दीपकको परिवार सुतेको कोठामा पस्दा उनीहरुको मृत्यु भएको पुनले बताए ।

‘घरमाथिबाट आएको पहिरो दीपकको परिवार सुतेको कोठमा पस्दा उनीहरुको मृत्यु भएको हो,’ प्रहरी निरीक्षक पुनले भने, ‘अर्कोपट्टि रहेको कोठामा उनकोमा काम गर्ने तीन जना युवकहरु सुतेका रहेछन् । उनीहरुले भने भागेर ज्यान बचाएका रहेछन् । उनीहरु सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा उपचार भएको छ ।’

दीपकको एक छोरी र उनको आमा–बुबा भने बहिनीको घरमा सुत्न गएका कारण उनीहरु सकुशल रहेको प्रहरी निरीक्षक पुनले बताए ।

गएराति नै लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?