+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रौतहटमा बाढीको त्राश

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ असार २७ गते १८:५५

२७ असार, रौतहट । लगातारको वर्षासँगै लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदीमा विस्तारै जलस्तर वृद्धि भएपनि लालबकैयामा भने पानीको वहाव उच्च छ ।

तर गौर-२ महादेवपट्टीमा दुई वर्षअघि भत्किएको बाँध मम्र्मत भएकाले सदरमुकाम गौरतर्फ बाढी पस्न थालेको छ ।

ईशनाथ नगरपालिका-१ को बन्जरहा डुबानमा परेको छ । त्यहाँ तीन सय घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।

यसैगरी राजपुर नगरपालिका-८ बलुवा टोलमा पनि बाढीको पानी पसेको छ । बलुवा टोलका २० घरमा लालबकैयाको बाढी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी श्रेष्ठले बताए । वषर्ा नरोकिए बाढी अरु बस्तीमा पस्ने खतरा छ ।

बकैया नदीको पाँच स्थान र वागमती नदीको एक स्थानमा अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

देवाही गोनाही नपाको करुनिया मुसहरी टोल, परोहाको तेजापाकड, कटहरियाको हषर्ाहा, फतुवा विजयपुरको लक्ष्मिनियामा बकैया नदीको बाँध तथा वागमतीको माधवनारायण नपाको पिपरा रजवाडामा बाँध अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले त्यहाँ बाढीको अवस्था निगरानी गर्न सुरक्षाकर्मी खटाइएको छ ।

वागमती नदीको बहाव उच्च भएपछि शनिबार विहान वागमती सिंचाई आयोजनाको ३६ वटै ढोका खोलिएको छ ।

यस्तै झाझ खोलाको बाढीका कारण दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित दलित बस्तीका १५० घर डुबानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?