Comments Add Comment

झापामा मास्क नलगाइ हिँड्ने एक हजार ६८ जना कारबाहीमा

२८ असार, झापा । जिल्ला प्रहरी कार्यालय, झापाले मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार ६८ जनालाई कारबाही गरेको छ ।

सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ हिँडेका उनीहरुलाई कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार विभिन्न ठाउँमा राखिएका चेकपोइन्टमा खटिएका प्रहरी टोलीले ८४६ पुरुष र ३ सय २२ महिलालाई कारबाहीको दायरामा ल्याएका छन् ।

मास्क नलगाउने मध्ये कतिपयलाई १५ मिनेट होल्ड गरेर विफ्रिङ गरी पठाइएको छ भने कतिपयलाई प्रहरीले मास्क समेत वितरण गरेको छ । केहीलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार जरिवाना पनि तिराइएको प्रहरीले जनाएको छ ।

यही अवधिमा सवारीमा लकडाउन उल्लंघन गरेको अभियोगमा ९८ वटा सवारीसाधन पनि कारबाहीमा परेका छन् । उनीहरुले जोर–विजोर सम्बन्धी नियमको पालना नगरेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment