+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पेनकोको केन्द्रीय कार्यसमितिले पूर्णता पायो (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते २०:१६

काठमाडौं । नेपाल औषधतगत विक्री प्रबन्धक संघ (पेनको) को केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।

देशभर सञ्जाल फैलिएको संघको अध्यक्षमा गान्धी प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका थिए । पदाधिकारीमा निरबर्तमान अध्यक्ष सुरजित दत्त, वरिष्ठ उपाध्यक्षमा सुदर्शन जोशी, केन्द्रीय उपाध्यक्षमा माधब प्रसाद सिंह, जयेन्द्र सिंह राठौर, महासचिवमा तेज नारायण श्रेष्ठ, उपमहासचिव गोपाल साउद,  सचिवमा सुमन दहाल, कोषाध्यक्षमा शालिक राम कंडेल र सह कोषाध्यक्षमा नसिब दहाल चयन भएका छन् ।

केन्द्रीय सदस्यहरुमा बिनोद लाल कर्ण, उज्वल शर्मा रिमाल, वसन्त गौडेल, भुवन पाण्डे, दीपा भण्डारी, कुमार क्षेत्री, नीरज शर्मा,  जितेन्द्र वैद्द, जगर नाथ यादव, दिनेश रुवाली र अमर बोलोन छ्न् ।

नेत्र लाल पौडेलको संयोजकत्वमा केन्द्रीय सल्लाहकार टिम बनेको छ । जसको वरिष्ठ सल्लाहकारमा केदारलाल श्रेष्ठ, दीपेश प्रधान, सल्लाहकार नेत्र लाल गिरी, मुकेश सिरोही, सीता राम जोशी र बिकास दाहाल छन् ।

अध्यक्ष शर्माले अगामी दिनमा संघका कामकारवाहीलाई अझै परिस्कृत गर्ने बताए । ‘देशभरमा केहि प्रतिनिधी साथीहरु सदस्य लिनबाट छुट्नुभएको छ,’ उनले भने,‘उहाँहरु सबैलाई समेट्न अनलाइन प्रणालीमार्फत सदस्य वितरणको कार्य थालनी गरिएको छ ।’

संघमा हाल देशभरका करिब २ हजार सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?