+
+

फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १८:०५

नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लील प्रतिक्रिया आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्तो किसिमको प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रक्रिया अगाडि बढाउने उनीहरूको चेतावनी छ ।

विज्ञप्तिमा भनिएको छ–‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्ने कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

विज्ञप्तिमा चलचित्रकर्मी र दर्शकबीच अन्योन्याश्रित सम्बन्ध रहे पनि कुनै एक पक्षले शिष्टताको सीमा नाघेेमा कानुनी उपचारमा जानु बाध्यकारी हुन्छ भनिएको छ । नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?