
१, साउन, चिवतन । कोरोना संक्रमणको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल सिल गरिएको छ ।
महिला सेलमा काम गर्ने एक जना महिला प्रहरीका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखेर सेल सिल गरिएको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत कोरोना संक्रमित पाँच प्रहरीमध्ये एक जना उनका श्रीमान पनि रहेकोले महिला सेल सिल गरिएको हो ।
प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले महिला सेलबाट हुने काम कारबाही बन्द गरिएको बताए ।
उनले भने, ‘कोरोनाको आशंकामा केही प्रहरी आइसोलेसनमा छन् । पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाइएको छ ।’ गैंडाकोटमा संक्रमित पाँच प्रहरीलाई सामुदायिक प्राकृतिक चिकित्सालय रहजरमा राखिएको छ । भने बाँकी प्रहरी अफिस क्वारेन्टाइनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4