
फाइल तस्वीर
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।
वीपी पुण्यतिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै उनले नेपालले आज हिंड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो भएको बताए ।
‘उहाँको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्दछौं’ देउवाले भने ।
राष्ट्रमाथि संकट आउँदा वीपी आफ्नो जीवन जोखिममा राखेर ०३३ सालमा स्वदेश फर्किएको भन्दै देउवाले अहिले राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला वीपीको विचार र विश्लेषणकै माध्यमबाट राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4