+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपसभामुखको निर्वाचन तत्काल गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १४:४९

६ साउन, कठमाडौं । अन्तर पार्टी महिला सञ्जालले उपसभामुखको निर्वाचन तत्काल गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् ।

अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुले सभामुख सापकोटालाई भेटेर सभामुखको निर्वाचन भएको लामो समय बित्दा पनि उपसभामुख पद रिक्त भएकोप्रति ध्यानाकर्षण गराएको हो ।

सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागितामा जोड दिएको छ ।

संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरु संघीय निजामती सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरुमा पदपूर्तिसम्बन्धी व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावना अनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ ।

जवाफमा सभामुख सापकोटाले उपसभामुख निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफल भइरहेको बताए । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई भेटेर आफूले पटकपटक कुरा राखे पनि अहिलेसम्म निर्वाचन हुन नसकेको उनले बताएका छन् ।

उपसभामुखको निर्वाचन गराउन प्रधानमन्त्री लगायतका नेताहरुसँग निरन्तर छलफल गरेपनि सार्थकता नपाएको सभामुख सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?