+
+

लकडाउन खुलेकै दिन मिलनको फिल्ममा अर्जुन अनुवन्धित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १५:३३

निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्रका लागि संगीतकार अर्जुन पोखरेललाई अनुवन्धित गरेका छन् । मिलनका अनुसार, प्रेमकथामा बन्ने चलचित्रका लागि अर्जुनलाई फाइनल गरिएको हो । मिलनले अनलाइनखबरसँग भने–‘हामीले अब चलचित्र क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउनुपर्छ । लकडाउन खुलेपनि चलचित्र क्षेत्र खुलेको छैन । तर, अब कोरोना भनेर डराएर मात्र बसेर हुँदैन । यसैले, लकडाउन अन्त्य भएको दिन नै मैले संगीतकारको रुपमा अर्जुनलाई फाइनल गरेको हुँ ।’

यता, संगीतकार अर्जुन पोखरेल पनि लकडाउन अन्त्य भएकै दिनमा नयाँ चलचित्रमा अनुवन्धित हुन पाउँदा खुशी छन् । अर्जुनले भने–‘चलचित्र क्षेत्रमा अब के हुने हो भनेर अन्यौलता कायमै छ । तर, अब विस्तारै कामको सुरुवात गर्नुपर्छ भन्ने लाग्छ । एउटा हवाइजहाजमा सय जना यात्रु यात्रा गर्दा कोरोना नसर्ने, चलचित्र हलमा एक दुई सय दर्शक बसेर चलचित्र हेर्दा कोरोना सर्छ भनेर सोच्नु हुँदैन ।’

अर्जुनले आजैको दिन आफू चलचित्रमा अनुवन्धित हुँदा चलचित्र क्षेत्रमा काम सुरु भएको सन्देश जाने पनि बताए ।

मिलनका अनुसार, यो चलचित्रको छायांकन केही समयपछि हुनेछ । अर्जुनलाई मिलनले दर्शकको मन छुन सक्ने गीतहरु तयार गर्न भनेका छन् । मिलनले यो चलचित्रको छायांकन अगाडि एउटा प्रोजेक्टको काम सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?