+
+

मकवानपुरमा ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

रासस रासस
२०७७ साउन ११ गते १०:२९

११ साउन, हेटौंडा । मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् ।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नं.को ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?