+
+

पालुङटार विमानस्थल स्तरोन्नति गरिँदै

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ साउन १२ गते ७:५१

१२ साउन, गोरखा । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको छ । स्तरोन्नतिका लागि ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

‘विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको हो,’ प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने, ‘काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसक्यो ।’ सम्झौताअनुसार आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ ।

‘रनवे लाई सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्छौं, एयरपोर्ट वरपर चेन लिंक फेन्स (एयरपोर्ट क्षेत्रमा लगाइने तारबार) लगाउँछौ,’ उनले भने । तारबार लगाएसँगै पशुचौपाया छिर्न नसक्ने उनले बताए ।

बिमानस्थलको अतिक्रमित जग्गामा डोजर लगाइने उनले जानकारी दिए । ‘यो वहुवर्षीय योजना हो, अहिलेको बजेटले छोटो दुरीका साना जहाज उडान गर्न मिल्ने गरी स्तरोन्नती गर्छौं, पछि रकम थप्दै स्तरोन्नति हुँदै जानेछ,’ उनले भने ।

करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?