
१५ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकमा विवादित दुबै पक्षले आत्मालोचना गरेपछि विवाद समाधान भएको बैंक सञ्चालक समिति स्रोतले जानकारी दिएको छ ।
बैंकको विवाद उत्कर्षमा पुग्दा केही सञ्चालक बैंकका प्रमुख कार्यकारी जनक शर्मा पौड्याललाई हटाउनेसम्मको योजनामा पुगेका थिए । सीईओ पौड्याललाई हटाउने प्रक्रियाका लागि स्पष्टिकरण समेत सोधिएको थियो ।
सोही विषयमा छलफल गर्न बिहीबार अध्यक्ष मोतिलाल दुगडले सञ्चालक समिति बैठक बोलाएका थिए । ‘केहीबेरअघि (साझ) मात्रै बैठक सम्पन्न भयो, ठूलो विवाद कुनै भएन’ बैंक स्रोतले भन्यो, ‘कहिलेकाहीँ विवाद त भइहाल्छ, तर पर्फरमेन्सका आधारमा पनि सीईओ जनक सरलाई नै निरन्तरता दिने भनेर निर्णय गरिएको छ ।’
बैंकको विवाद सतहमा आएपछि नेपाल राष्ट्र बैंकले बोलाएर सञ्चालकहरुलाई अनावश्यक विवाद नगर्न भनेको थियो ।
प्रतिक्रिया 4