१८ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ अर्थोप्लास्ट रिह्याब सेन्टरको ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । शनिबार ललितपुरको ग्वार्कोमा आफ्नै भवनमा सेन्टरले एक कार्यक्रम आयोजना गर्दै किरणलाई ब्राण्ड एम्बास्डर घोषित गरेको हो ।
सेन्टरका प्रवन्ध निर्देशक हरिकुमार तामाङ र कप्तान चेम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । किरण अब एक वर्षसम्म अर्थोप्लास्टको ब्राण्ड एम्बास्डर रहनेछन् ।
यस्तै सम्झौता अनुसार अर्थोप्लास्टबाट किरण र उनको परिवारलाई दुई लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनेछ । साथै ल्याब सेवामा ५० प्रतिशत सुविधा दिइनेछ ।
सेन्टरले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान दिने जुनसुकै विधाका राष्ट्रिय खेलाडीलाई सेवामा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । यस्तै, जुनसुकै खेलसँग सम्बन्धित खेलाडीलाई संस्थाले ३० प्रतिशत छुटको व्यवस्था गरेको अर्थोप्लास्टले जनाएको छ ।
खेलाडीका लागि रिह्याबिलिटेसन सेन्टर नहुँदा खेल तथा अभ्यासको क्रममा घाइते भएका खेलाडीलाई सेवा पुर्याउने उद्देश्यले संस्थाको स्थापना गरिएको सेन्टरले जनाएको छ ।
किरणको आबद्धताले संस्थाको संस्थाको विश्वसनियता बढ्ने र खेलाडीहरु पनि लक्षित सेवाको गुणस्तरमा पनि उल्लेख्य रुपमा सुधार हुने र धेरैभन्दा धेरै खेलाडीलाई रिह्याव र फिजियोथेरापी सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
ब्राण्ड एम्बास्डर चुनिएका किरणले खेलाडीलाई चोटपछि मैदान फर्कन पुर्नस्थापना केन्द्र नहुँदा धेरै समस्या पर्ने गरेको भन्दै सेन्टरको स्थापनाले चोट लागेका खेलाडीलाई सहयोग पुग्ने बताए ।
संस्थाले खेल्ने क्रममा घाइते भएका खेलाडीको शल्यक्रिया, फिजियोसहित विशिष्टकृत सेवाहरु प्रदान गरिरहेको छ ।
अहिले भलिबल खेलाडी प्रतिभा माली र बास्केटबल खेलाडी सविता खड्का घुँडाको शल्यक्रियापछि अर्थोप्लास्टमा फिजियोथेरापी गराइरहेका छन् ।
प्रतिक्रिया 4