Comments Add Comment

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण

१९ साउन, पोखरा । गण्डकी प्रदेशका ४ जिल्लामा सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५ जना, स्याङ्जामा ४, लमजुङ, पर्वत र बागलुङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा ३६, ३९, २९ र २३ वर्षका र मादी गाउँपालिकामा २८ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा स्याङ्जा पुतलीबजार नगरपालिकाका ३६ वर्षीया एक महिला, ३० र ३६ वर्षीय पुरुषमा र हरिनास गाउँपालिकाका १ जना २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

स्याङ्जाका संक्रमितमध्ये ३ जना ट्राभल हिस्ट्री नभएका छन् । त्यसमध्ये एक जना स्वास्थ्य संस्थाका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

लमजुङको दुधपोखरी गाउँपालिकामा २९ वर्षीय, पर्वतको कुश्मा नगरपालिकाका ३० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । त्यसमध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment