Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको क्युआर कोड स्क्यानमार्फत नगद झिक्न सकिने सुबिधा

१९ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ ।

सुबिधा अन्तरगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नुहुनेछ ।

यो सुबिधा अन्र्तगत अधिकतम एक लाखसम्म निकाल्न सकिने छ । हाल सांगि्रला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ । चेक र एटीएम को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै स्ांस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment