+
+

जलेश्वरमा साउन २५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १७:१५

२१ साउन, जनकपुरधाम । महोत्तरी प्रशासनले जिल्लाको दुई ठाउँमा जारी गरेको निषेधाज्ञाको म्याद थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार अब यी दुई ठाउँमा साउन २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बिहीबार बसेको बैठकले सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा शुक्रबार राति ११ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी कटुवालले जिल्लाको बर्दिवास र मटिहानी नगरपालिकामा पनि अति आवश्यकबाहेकका कामकाज बन्द गरिएको छ ।

महोत्तरीमा मंगलबारसम्म ८ सय ३८ जना कोरोना संक्रमित फेला परेका छने भने १ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?