+
+

थप ४६४ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १९:२५

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्साका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौंका ८८, मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११/११, ललितपुरका १० र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४/४ जना, झापा र तनहुँका २/२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?