+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्र बैंकले बैंकहरुलाई भन्यो-कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनू

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १६:०२

२५ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो ।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरसमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले जारी गरिएको निर्देशनमा भनिएको छ ।

यस्तै बैंक तथा वीत्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयहरुले पनि न्युनतम् कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?