Comments Add Comment

नेपालगञ्ज वडा प्रहरी कार्यालयका ३० जनामा कोरोना संक्रमण

२५ साउन, बुटवल । बाँकेमा वडा प्रहरी कार्यालय नेपालगञ्जका ३० जनासहित ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा वडा प्रहरी कार्यालय नेपालगञ्जका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रहरी, थुनुवा र प्रहरीका परिवारका सदस्यसहित अन्य १६ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि नै वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि कार्यालयलाई सिल गरिएको थियो ।

वडा प्रहरी कार्यालयका प्रहरी, थुनुवा र प्रहरीका परिवारका सदस्य गरी ८० जनाको स्वाब परीक्षण गरिएकामा ३० जनामा संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय १७ पुगेको छ । कोरोना संक्रमित बढ्दै गएपछि नेपालगञ्जमा मान्छेलाई हिँडडुलमा रोक लगाइएको छ भने २७ गते राति १२ बजेसम्म सिंगो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment