+
+

मोदीसँगै अयोध्यामा भूमिपूजा गरेका गोपालदासलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १४:५१

२९ साउन, काठमाडौं । भारतको अयोध्यामा केही समयअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी भएका श्री राम जन्म तीर्थ क्षेत्र कोषका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि गोपालदासको स्वास्थ्यस्थितिको बारेमा जानकारी दिएका छन् ।

गोपालदासलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएको बताइएको छ । कृष्ण जन्माष्टमीभन्दा पहिला मंगलबार साँझ उनी मथुराको सीता-राम आश्रम पुगेका थिए ।

यसअघि अयोध्यामा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा उनीसँगै प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथलगायतका व्यक्तिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?