
३२ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
उपमहानगरभित्र रहेका बैङ्क तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले बैङ्क तथा वित्तीय संस्थाहरुलाई आइतबारदेखि नै लागु हुने गरी अनलाइनबाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
बुटवल उपमहानगरमा पछिल्लो दुई दिनमा मात्र समुदाय स्तरमा ४० जना कोरोना संक्रमित थपिएका छन् । यसअघि नै उपमहानगरले भदौ ५ सम्मका लागि लकडाउन गरेको छ ।
प्रतिक्रिया 4