+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

विधेयक संशोधनको माग राख्दै सुदूरपश्चिम पत्रकार महासंघ आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १८:५८

३२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सभाले साउन २८ गते पारित गरेको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पत्रकारहरूले विरोध जनाएका छन् । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घले विधेयक संशोधनको माग राख्दै आन्दोलन सुरु गरेको छ ।

प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी प्रदेश सरकारले विधेयक ल्याएको भन्दै पत्ररकारहरुले विरोध जनाएका हुन् ।

पत्रकार महासङ्घ सुदूरपश्चिम समितिले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।

‘सरकारले पत्रकारहरूलाई समस्यामा पार्ने गरी विधेयक पारित गरेपछि हामी आन्दोलनमा उत्रिएका हौं’ पत्रकार मनमोहन स्वारले भने ‘यो विधेयक संशोधन नभएसम्म हामी आन्दोलनमै हुन्छौं ।’

प्रदेश सभाबाट पारित भएको विधेयकमा रहेका २२ वटा दफाहरू संशोधन गर्नुपर्ने महासङ्घले बताएको छ ।

ज्ञापनपत्र बुझ्दै सभामुख थापाले संशोधन गर्न आवश्यक रहेको बुँदाका विषयमा छलफल गरिने बताए । ‘केही विषय नमिलेको भन्ने तपाईंहरूबाट आएको छ म यस बिषयमा बुझ्छु’ उनले भने ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रमुख सचेतक तामाङले पनि विधेयकमाथि असन्तुष्ट रहे छलफल गर्न सकिने बताए । ‘तपाईंहरूसँग छलफल भएर विधेयक आयो होला भन्ने बुझेको छु’ उनले भने ‘संशोधन गर्न आवश्यक भए त्यो पनि गर्न सकिन्छ ।’

विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले विधेयक संशोधन हुने बताए । ‘केही त्रुटि भएको हुन सक्छ । अब संशोधन हुन्छ’ उनले भने।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले बिधेयक संशोधन गर्न आवश्यक रहेको बताए । ‘यो विधेयकले पत्रकारमाथि अङ्कुश लगाएको छ’ उनले भने ‘संशोधन हुनैपर्छ, हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?